दफा १४
दर्ता भएका समाचारपत्र पत्रिकाको सम्बन्धमा नियमहरु बनाउने अधिकार
: (१) समाचारपत्र पत्रिकाहरुलाई दर्ता गरी आन्तरिक हुलाकबाट चलान गर्ने सम्बन्धमा र दर्ता गर्न लाग्ने दस्तुरको सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) दर्ता गर्ने प्रयोजनको लागि जम्मै वा अधिकांश भागमा विज्ञापन सहित वा रहित सामयिक खबर र तत्सम्बन्धी अरु लेखहरु भएको देहाय बमोजिमको प्रत्येक प्रकाशनलाई समाचारपत्र पत्रिका मानिनेछ ः-
(क) ३२ दिन वा सो भन्दा कम अवधिमा क्रमशः प्रकाशित हुने, र
(ख) ग्राहकहरुको साँचो सूची भएको।
(३) एउटै मितिमा अतिरिक्तांक वा पुरक अंक गरी कुनै समाचारपत्र पत्रिकाको साथसाथै निकालिएको पत्र–पत्रिकालाई पनि समाचारपत्र पत्रिकाकै अंग मानिनेछ ।
तर समाचारपत्र पत्रिकामा जस्तै जम्मै वा अधिकांश भाग विज्ञापनसहित वा रहित सामयिक खबर र तत्सम्बन्धी अरु लेखहरु भएको र प्रत्येक पृष्ठको शिरमा समाचार पत्र–पत्रिकाको नाम, मिति छापिएको नभई त्यस्तो अंकलाई समाचारपत्र पत्रिकाको अंक मानिने छैन ।
व्याख्याः यो दफा वा यस दफा अन्तर्गत बनेका नियमहरुमा लेखिएको कुनै कुराले समाचारपत्र पत्रिकाहरुलाई आन्तरिक हुलाकबाट पठाउन वाध्य गरेको मानिने छैन ।